शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

उपसभापतिको मतगणनामा अग्रता बनाएपछि सानेपा पुगे धनराज


  • बुधबार, मंसिर २९ २०७८
6.7K
SHARES

फाइल तस्विर

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा १२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन्। अग्रता बनाइरहँदा उनी मत गणना स्थल सानेपास्थित पार्टी कार्यालय पुगेका हुन् । गणनामा उनलाई पूर्णबहादुर खड्काले पछ्याइरहेका छन् । काँग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।

हालसम्म  १२०० मतपत्र गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले ४५४ मत, पूर्णबहादुर खड्काले ५०१ मत, चन्द्र भण्डरीले ४७२ मत र धनराज गुरुङले ५४३ मत प्राप्त गरेका छन् । त्यस्तै दिव्यश्वरी शाहले ३७, सुजाता कोइरालाले १३८ र महेश आचार्य १३३ मत प्राप्त गरेका छन् । एउटा मतपत्रमा दुई भोट हुन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा