नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता र शक्तिका निम्ति इतिहास बोकेका परिवारका खम्बाहरु ढलेको टिप्पणी गरेका छन् ।
महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन शेखर समूहले बुधबार आयोजना गरेको कार्यक्रममा उपसभापतिका उम्मेदवार रहेका भण्डारीले भने, ‘सत्ता र शक्तिका नित्ति कति ठूलो इतिहास बोकेको परिवारको खम्बा ढल्दा रहेछन् हात हल्लाएको तपाईंहरुले देख्नुभयो ।
सभापतिको दोस्रो चरणको चुनावमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए र मतदान स्थलमा पुगेर तीन नेता एकसाथ उभिएर हात हल्लाएका थिए ।
त्यसतर्फ इंगित गर्दै भण्डारीले भने, ‘१४ औं अधिवेशनले धेरै खम्बाहरु ढलायो, अब १५ औं अधिवेशनमा कसैलाई देख्नु पर्नेछैन । कांग्रेसको जित यही हलमा छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।