नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए ।
उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए । कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ ।
मंगलबार राति सार्वजनिक मत परिणाम अनुसार सभापतिमा २७३३ मत ल्याएर शेरबहादुर देउवा निर्वाचित भएका छन् । सभापति पदका अर्का उम्मेदवार शेखर कोइरालाले १८५५ मत पाए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।