बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

सभामुखले निर्णय नदिएसम्म संसद चल्न दिन्नौं : सुवास नेम्वाङ


  • बुधबार, मंसिर २९ २०७८
8.5K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संघीय संसदको जारी गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले पहल गर्नुपर्ने बताएका छन् । सभामुखले पहल नगरेका कारण संसदको गतिरोध लम्बिएको उनको टिप्पणी छ ।

पार्टीले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले २३ भदौ २०७८ देखि संघीय संसदमा नाराबाजी गर्दै आएको छ । अघिल्लो अधिवेशन पुरै संसदको काम कारबाहीमा भाग नलिएको एमालेले मंगलबार शुरु भएको हिउँदे अधिवेशनमा पनि अवरोध र नाराबाजीलाई निरन्तरता दिएको छ ।

संसदमा जुन इस्यु (१४ जना सांसदको कारबाही) छ । हामीले यस्तै गर्नुपर्छ भनेका छैनौं, कानुन बमोजिम गर भनेको हो । उहाँ (सभामुख) ले काम गरिदिनुपर्यो । अनि त्यही नगर्ने ? केही पनि नगरेपछि उहाँ (सभामुख) नेता रहनुभएन । हामीले गम्भीर विषय पो उठाएका छौं त’ उपनेता नेम्वाङले भने ।

‘संसद अवरोध कहिलेसम्म ?’ भन्ने प्रश्नमा नेम्वाङ भन्छन्, ‘माग सम्बोधन नभएसम्म ।’ सभामुखले अब पनि एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको भनी सूचना टाँस गर्न सक्ने नेम्वाङको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा