नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रचण्ड एक मामुली कर्मचारी मात्रै भएको दाबी गरेका छन् । जनयुद्धलाई बार्गेनिङ गर्ने माध्यम समेत भएको बताएका ओलीले प्रचण्डलाई महान् नेता मान्न तयार नरहेको सङ्केत प्रस्टै गरेका छन् ।
ओलीले बार्गेनिङका लागि प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरु गरेको दाबीसमेत गरे । प्रचण्ड एक ‘मामुली कर्मचारी’ भएको भन्दै ओलीले धोकापूर्ण ढंगले उनी महान् नेताको रुपमा प्रस्तुत भएको समेत बताए ।
‘नेपालमा जनयुद्ध नामको गतिविधि सफल हुँदैनथ्यो किनभने त्यो सफल गर्न सुरु गरेकै होइन,’ ओलीले भने, ‘त्यो त बार्गेनिङको लागि लगाम आफ्नो हातमा राख्ने विधि हो ।’
त्रसित, अशान्त, अस्तव्यस्त बनाइदिने र आफ्नो दुनो सोझ्याउने नीति अन्तर्गत जनयुद्ध सुरु गरेको र प्रचण्ड धोकापूर्ण ढंगले महान् नेताको रुपमा प्रस्तुत भएको ओलीको आरोप छ ।
उनले भने, ‘महान् क्रान्तिको सेन्टिमेन्ट त्यतातिर लगियो, बुझ्न उनीहरुले सकेनन्, के गर्न खोजिदै छ र मामुली कर्मचारीहरु, मामुली पेड मान्छेहरु महान् नेताको रुपमा प्रस्तुत भए ।’ भन्दै उमाले अध्यक्ष ओली प्रचण्ड उपर खनिएका हुन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।