शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई ओलीले गराए शपथ


  • बुधबार, मंसिर २९ २०७८
10.2K
SHARES

फाइल तस्विर

एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् ।

तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित एक कार्यक्रमा ओलीले मनोनित ४४ सदस्यलाई शपथ ग्रहण गराएका हुन् ।

एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेकको थियो ।

एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कूल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनित गरिएको हो ।

तर, मनोनित गरिँदा पार्टीमा लामो समय योगदान पुर्‍याएका नेता कार्यकर्तालाई बेवास्ता गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ तथा कयौँ जुनियर कार्यकर्ता परेको भन्दै आलोचना भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा