शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

दोस्रो चरणको चुनाव : शेखर निरिह ! सिंह र निधि दुबैको सहयोग देउवालाई रहने


  • मंगलबार, मंसिर २८ २०७८
6.6K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पहिलो चरणको चुनावमा पाँच नेताहरुले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा सभापतिका लागि नेता शेरवहादुर देउवाले पचास प्रतिसत ल्याउन नसके पनि पहिलो भएका थिए ।

दोस्रो शेखर कोईराला भए र तेस्रो र चौथो क्रमस प्रकाशमान सिंह र बिमलेन्द्र निधि बने । तेस्रो र चौथो बनेका निधि र सिंहले देउवालाई समर्थन गर्ने बताए संगै देउवा दोस्रो चरणको चुनाव अगाबै जितको नजिक पुगेका छन् भने नेता शेखर निरिह देखिएका छन् ।

तेस्रो र चौथो क्रमशः प्रकाशमान सिंह र बिमलेन्द्र निधि बने । तेस्रो र चौथो बनेका निधि र सिंहले देउवालाई समर्थन गर्ने बताए सँगै देउवा दोस्रो चरणको चुनाव अगावै शेरवहादुर जितको नजिक पुगेका छन् भने नेता शेखर निरिह देखिएका छन् ।

पहिलो चरणको चुनावमा खसेको ४६७९ मध्ये देउवाले २२५८ मत पाएका थिए भने शेखर कोइरालाले १७०२, निधिले २५०, सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि काँग्रेस सभापतिका लागि सर्वाधिक मत ल्याए दुई उम्मेदवार देउवा र कोइरालाबीच फेरि प्रतिस्पर्धा हुने भएको हो । मतदान मंगलबार साढे ३ बजेदेखि सुरु हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा