नेपाली कांग्रेस सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको आवश्यकता पार्टीलाई एक बनाएर लैजानु भएको बताएका छन् ।
मंगलबार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रम देउवाले कुनै व्यक्तिको विरोध गरेर पार्टी एकता नहुने बताए ।
चियापान सुरु हुन लाग्दा केही समय महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका थिए । नाराबाजी साम्य भएपछि भने, ‘अहिलेको आवश्यकता पार्टीलाई एक बनाएर लैजानु हो । कुनै व्यक्तिको विरोध गरेर पार्टी एकता हुन्छ ?’
उनले वरिष्ठ नेता पौडेललाई प्रसंशा गर्दै राजनीतिमा सक्रिय रहन आग्रह गरे । ‘रामचन्द्रजीको यो पार्टीमा धेरै योगदान छ’ उनले भने, ‘उहाँले आयोजना गरेको चियापानमा सहभागी हुन पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु ।’
उनले पौडेलले देशको लागि धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी नै रहेको बताए । ‘तपाईं हामी सबैको नेता हो’ उनले भने, ‘भोलिका दिनमा तपाईंले धेरै ठूलो भूमिका निर्वाह गर्नुपर्ने छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।