बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

देउवा र कोइरालालाई सिंहको जवाफ: साथीहरुसँग सल्लाह गरेर निर्णय दिन्छु


  • मंगलबार, मंसिर २८ २०७८
11.6K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि नेताहरु छलफलमा व्यस्त छन् ।

पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका प्रकाशमान सिंहलाई आफ्नो पक्षतिर तान्न शेरबहादुर देउवा र शेखर कोइरालाले प्रयास जारी राखेका छन् ।

देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायर प्रकाशमानसँग छलफल गरेर चाक्सीबारीबाट फर्किएका छन् । उनीहरुलगत्तै शेखर कोइरालाले पनि प्रकाशमानलाई भेटेका छन् । विमलेन्द्र निधिले पनि सिंहसँग टेलिफोन कुराकानी गरेका थिए ।

यी नेताहरुसँगको कुराकानीमा प्रकाशमानले साथीहरुसँग सल्लाह गरेर निर्णय दिने बताएको उनी निकट स्रोतले बतायो ।

सिंह पनि सभापतिका उम्मेदवार थिए । तेस्रो स्थानमा रहेका उनले ३७१ मात्र भोट पाए । चौथो स्थानमा रहेका विमलेन्द्र निधिले पनि २४९ मत पाएका छन् ।

अब दोस्रो चरणको निर्वाचनमा २२५८ मत ल्याएका देउवा र १७४९ मत पाएका शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । यो अवस्थामा देउवालाई सिंह वा निधिमध्ये एकको समर्थन भए पुग्छ । जबकी शेखरलाई दुबैको समर्थन चाहिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा