शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै, अरुले कति मत पाए ?


  • मंगलबार, मंसिर २८ २०७८
9.6K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म २१०० मत गणना भइसकेको छ । जसमा देउवाले ९९१ मत पाएका छन् भने सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ मत पाएका छन् ।

प्रकाशमान सिंहले १७४ र विमलेन्द्र निधिले १२७ मत पाउादा कल्याण गुरुङले ७ मत पाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा