शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राति १२ बजेदेखि सभापतिको मतगणना गर्ने तयारी, ४ ठाउँमा गणना हुने


  • सोमबार, मंसिर २७ २०७८
9.6K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणनाको तयारी भएको छ ।

काँग्रेस निर्वाचन समितिका सदस्य तेज रावलले मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणना गर्नेगरी तयारी भइरहेको बताए । उनका अनुसार साढे १ बजेसम्म मतदानको समय तोकिएको छ भने बीचमा कुनै प्राविधिक समस्या नआए सो अवधिमा मतदान सकिनेछ ।

त्यसपछि मतदान भएको ड्रमको व्यवस्थापन, मुचुल्का तयार गर्ने लगायतको प्राविधिक काम सकिएपछि मतदानको काम थालिनेछ । यसरी हेर्दा करिब १२ बजेदेखि मतदान सुरु हुनेछ । उनका अनुसार सभापतिको मतगणना राष्ट्रियसभा गृहमा ४ ठाउँमा ड्रम खन्याएर गनिनेछ ।

रातभरमा गणना सकिसक्ने उनको भनाइ छ । सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना हुनेछ भने ती मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ भने ४ ठाउँमा मतगणना गर्दा करिब ६० जना जनशक्ति आवश्यक पर्ने रावलको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा