बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

१३ हजार २३६ मा कोरोना परीक्षण गर्दा ३४१ लाई संक्रमण


  • सोमबार, मंसिर २७ २०७८
8.4K
SHARES

फाइल तस्विर

नेपालमा थप ३४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३४१ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १३ हजार २३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १० हजार ४१६ जनाको पिसिआर परीक्षण र २८२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ५ हजार ८२४ जना सक्रिय संक्रमित छन्। ३७६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९८ प्रतिशत छ।

यसको संक्रमणबाट ३ को मृत्यु भएको छ।  काठमाडौं उपत्यकामा १७२ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२, ललितपुरमा ३५ र भक्तपुरमा २५ संक्रमित छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा