शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

एकैदिन १२ सय संक्रमित भेटिएपछि बेलायतमा ‘ओमिक्रोन आपतकाल’


  • सोमबार, मंसिर २७ २०७८
6.5K
SHARES

फाइल तस्विर

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन् । जोनसनले नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गरेका हुन् ।

जोनसनले ओमिक्रोनको व्यापक लहर आउन लागेको भन्दै आपतकाल घोषणा गरेको बीबीसीले जनाएको हो । ‘ओमिक्रोनको भीषण लहर आउने कुरामा कसैले पनि शंका गर्नु हुँदैन’, टेलिभिजनमा सम्बोधन गर्दैं जोनसनले भने, ‘नयाँ भेरियन्टविरुद्धको लडाइँमा हामीले एउटा आपतकाल सामना गरिरहेका छौं ।’

ओमिक्रोन भेरियन्ट तीब्र रुपमा फैलिएसँगै बेलायतमा कोभिड सतर्कता बढाएर चार तहमा पुर्‍याइएको केही घण्टापछि नै जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका हुन् ।

उनले यसै हप्तादेखि १८ माथिका सबै व्यक्तिलाई बुस्टर डोज खोप लगाइने पनि जानकारी गराएका छन् । कोभिड खोपको २ डोजले आवश्यकता अनुसारको सुरक्षा प्रदान नगर्ने भएका बुस्टर डोज लगाउनु पर्ने उनको भनाइ थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा