शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो


  • सोमबार, मंसिर २७ २०७८
10.8K
SHARES

फाइल तस्विर

अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको कुल संख्या ८ लाख नाघेको छ । त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ ।

आइतबारसम्म अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको रोइटर्सले जनाएको हो । समाचारअनुसार हालसम्म पाँच करोडभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ ।

अमेरिकामा झण्डै दई महिनासम्म कोभिड संक्रमण घट्ने क्रममा थियो । तर पछिल्ला दुई हप्तामा दैनिक संक्रमितको संख्या बढ्न थालेको देखिन्छ । खासगरी भरमोन्ट, न्यू ह्यामशायर र मिचिगन जस्ता चिसो क्षेत्रमा संक्रमित बढ्न थालेका छन् ।

अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्न थालेको समाचारमा उल्लेख छ । नोभेम्बरको अन्त्यमा मनाइने ‘धन्यवाद आदान-प्रदान’ (थ्याङ्क्सगिभिङ) पर्वयता अस्पताल भर्ना हुने कोभिड संक्रमितको संख्या २० प्रतिशतले बढेको छ । त्यस्तै, पछिल्लो महिना कोभिड संक्रमणबाट हुने मृत्यु ४. ६ प्रतिशतले बढेको छ ।

अमेरिकामा डेल्टा भेरियन्ट नै संक्रमणको प्रमुख कारण बनिरहेको अधिकारीहरूले बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा