शनिबार, साउन ९ २०८३
ताजा अपडेट

शशांक भन्छन् : मलाई दुवै गुटले मन पराएका छन्


  • सोमबार, मंसिर २७ २०७८
8.6K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफूले कुनै गुटको प्रतिनिधित्व नगर्ने बताएका छन् । रामचन्द्र पौडेल समूहमा रहेका उनी सभापतिका आकांक्षी थिए, तर साझा उम्मेदवारका लागि दाबी छाडे । यो समूहबाट साझा उम्मेदवार बन्न सकेन ।

प्रकाशमान सिंहले छुट्टै उम्मेदवार दिएका छन् भने शेखर कोइरालाको नेतृत्वमा प्यानल बनेको छ । यो प्यानलले शशांकलाई केन्द्रीय सदस्यको सूचीमा राखेको छ । तर सोमबार मतदान स्थलमा भेटिएका निवर्तमान महामन्त्री डा. कोइरालाले आफूले कुनै पनि गुटको प्रतिनिधित्व नगर्ने बताए ।

म कुनै गुटलाई प्रतिनिधित्व गर्दिनँ,’ उनले भने, ‘म त चाहन्छु कांग्रेस एक होस् । त्यसेले दुवै गुटले मलाई मन पराएको छ जस्तो लाग्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा