शनिबार, साउन ९ २०८३
ताजा अपडेट

हृदयेश त्रिपाठीले बनाए जनता प्रगतिशील पार्टी


  • सोमबार, मंसिर २७ २०७८
9.7K
SHARES

फाईल तस्बिर

पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ता गर्ने भएका छन्। उनले पार्टीको नाम जनता प्रगतिशील पार्टी राखेका छन्।

‘पार्टीको घोषणा मंगलबार काठमाडौंमा एउटा कार्यक्रम गरेर गर्छौं,’ त्रिपाठीले  भने।

उनको पार्टीमा अर्का सांसद वृजेशकुमार गुप्ता पनि छन्।

२०७४ को संसदीय निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा उम्मेदवार बनेका त्रिपाठी प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।

गुप्ताले पनि एमालेकै सूर्य चिन्हमा कपिलवस्तुबाट चुनाव जितेका थिए। यी दुबै जना कानुनी रूपमा एमाले सांसद भए पनि उनीहरू पार्टीका गतिविधि  सक्रिय थिएनन्।  उनीहरूले स्वतन्त्र राजनीतिक समूह  बनाएर काम गरिरहेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा