शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

राप्रपा कार्यकर्ता भन्छन् : प्रचण्ड सँग दम भए राजेन्द्र लिंदेन सँग चुनाव लडेर जितेर देखाउन् !


  • सोमबार, मंसिर २७ २०७८
11.5K
SHARES

फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशन केही समय अगाडी मात्रै सकिएको छ । भर्खरै भएको अधिवेशनबाट राप्रपाले नयाँ नेतृत्व पाए सँगै राप्रपा नेता कार्यकर्तामा नयाँ जोस आएको देख्न पाइन्छ ।

हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दा बोकेको राप्रपाको मुद्दा कुनैन कुनै रूपमा जनतामा पपुलर रहेको बताइएको छ ।

आसन्न काँग्रेस महाधिवेशनको उद्घाटन सत्रमा अतिथिको रूपमा गएका राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यकता मुलुकमा रहेको बताएका थिए । सोही उद्घाटन सत्रमै माओवादी अध्यक्ष प्रचण्ड र अन्य नेताहरू पनि थिए ।

प्रचण्ड अहिलेको परिवर्तन र गणतन्त्रका सूत्रधार पनि हुन् । राजतन्त्र र धर्म निरपेक्षताको मुद्दा सबैभन्दा धेरै प्रचण्डकै हो । प्रचण्ड र प्रचण्डको पार्टीले जनयुद्ध नगरेको थियो भने अहिलेको परिवर्तन सम्भावना सायदै थिएन ।

तर अहिले समय परिवर्तन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्दा अझै मुलुकमा राजतन्त्र र हिन्दु राज्य हुनु पर्ने बताउँदै छ  ।

एक राप्रका कार्यकर्ता भन्छन् अब नेपालमा राजतन्त्र र हिन्दु राज्य राप्रपाले ल्याउँछ । प्रचण्डलाई टाउको दुखाई छ भने राप्रपा अध्यक्ष लिङ्देन सँग चुनाव लडेर जितेर देखाउन नभए ८० प्रतिशत हिन्दु भएको मुलुकमा हिन्दु राज्य आएरै छाड्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा