शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काँग्रेस महामन्त्री : गगन धरापमा, प्रदीप र विश्वप्रकाश साङ्गठनिक रूपमै बलियो !


  • आइतबार, मंसिर २६ २०७८
11.6K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा समकालीन तीन जना युवा नेता महामन्त्रीमा घमासान भिडन्तमा छन् ।

तिनै जना यूवा नेता तिन समूहतिर रहेर महामन्त्रीमा भिड्न लागेका हुन । काँग्रेसको प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्मा देउवा समूहबाट एकाएक महामन्त्रीमा नअटाएपछि विद्रोह गरेर नेता प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा लड्दै छन् ।

त्यस्तै पहिले एउटै खेमामा रहेका गगन थापा र प्रदीप पौडेल पनि भिन्न भिन्नै खेमाबाट महामन्त्रीको उम्मेदवार भएका छन् । नेता गगन थापा काठमाण्डौमा प्रकाशमान सँग मिलेर आफ्ना मान्छे सेटल गराएका चतुर खेलाडी एकाएक शेखर कोइरालाको समूहमा महामन्त्रीको उम्मेदवार बनेका छन् ।

प्रदिप पौडेल भने सिटौला खेमामा पहिले देखिनै थिए । गगनले सिटौलालाई किक हानेर काठमाण्डौमा प्रकाशमान सँग तत्कालीन अवस्थामा मिलेपछि सिटौला देउवा संग मिल्न पुगे । सोही अनुरूप सिटौला खेमामै रहेका नेता प्रदीप पौडेल देउवा खेमाबाट महामन्त्रीको उम्मेदवार बनेका हुन ।

प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य द्वय गगन थापा र प्रदीप पौडेल महामन्त्री पदमा आमनेसामने भएर बडो रोचक प्रतिस्पर्धा हुने देखिए पनि गगन थापा अझै धरापमा रहेको स्रोत बताउँछ ।

शर्मा देउवा संगै रहेका र देउवा समूहमा पनि उनको होल्ड भएका कारण प्रकाशमान र देउवाका मान्छेहरूले भोट गर्दा शर्मा जितको नजिक रहेको स्रोत बताउँछ ।

प्रदीप पनि देउवा समूहमा पुगपछी बलियो बनेको निकट स्रोत भन्छ । प्रदीप सङ्गठनमा होल्ड गर्न सक्ने नेता भएको र उनको साङ्गठनिक प्रवृत्तिमा देउवा र सिटौलाका मान्छेहरूले भोट हाल्दा जितको नजिक रहेको स्रोत भन्ने गर्छ ।

गगन थापा पनि चर्चित नेता हुन । तर उनको रणनीति, अवसरबादी देखिएको स्रोतको दाबी छ । अवसर धेरै खोजेको जस्तो देखिन पुगेपछी गगन कमजोर जस्तो देखिएका छन् । तर अहिल्यै यस्तै हो भन्न नसकिए पनि पौडेल र शर्माको तुलनामा गगन कमजोर देखिएको स्रोतको दाबी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा