शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

रामचन्द्र र शशांकको आशिर्वाद हाम्रो टिमलाई छ : शेखर


  • आइतबार, मंसिर २६ २०७८
8.2K
SHARES

फईल तस्बिर

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले पार्टीको नेतृत्व परिवर्तन भए पनि अहिलेकै सरकारले चुनाव गराउने बताएका छन्।

सभापतिमा उम्मेदवारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो कार्यकर्ताहरू भोट माग्दै आफूले सभापति हारे सरकार पनि फेरिने तर्क गरेका थिए।पार्टी सभापति हारेको व्यक्तिले नैतिकताका आधार प्रधानमन्त्री भइरहन नपाइने भन्दै हल्ला हुने देउवाको भनाइ थियो।

आइतबार साँझ भएको पत्रकार सम्मेलन शेखरले देउवालाई जवाफ दिएका हुन्। उनले पार्टीको नेतृत्व फेरिने त्यसले पनि अहिलेको गठबन्धन सरकारलाई झन् मजबुद् बनाएर चुनावसम्म लैजाने दाबी गरे। उनले कांग्रेस नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको आशिर्वाद आफ्नो टिमलाई भएको पनि दाबी गरे।

यसअघि आजको पत्रकार सम्मेलनमा शशांक पनि उपस्थित हुने बताइएको थियो। तर उनी कार्यक्रममा देखिएनन्। कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार सभापतिसहित केन्द्रीय सदस्य छान्न मतदान हुँदैछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा