नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएका नेता गगन थापाले पार्टीको महाधिवेशनअघि गुट र समूहहरु बन्नु सामान्य भएपनि महाधिवेशन सकिएपछि ती गुटहरु भत्कनुपर्ने बताएका छन् । आइतबार मतदाताहरूसँग मत माग्ने क्रममा नेता थापाले निर्वाचन भनेको अंक गणितमा हुने भन्दै गणितको ताकत समेत हुने बताए ।
कोही कुनै गुटमा लाग्नुका पछाडि आधार हुनुपर्छ । तर पार्टीको महाधिवेशनपछि बनेका सबै गुट भत्कनुपर्छ’, थापाले भने, ‘जो नेतृत्व आउँछ, त्यो जुन गुटबाट निर्वाचित भएपनि निर्वाचित भएपछिको भोलिपल्ट धन्यवाद बैठक राखेर पदीय जिम्मेवारी ग्रहण गर्ने बेलासम्म गुटको बैठकमा आउँदिन भनेर परिपार्टी बसाल्नुपर्छ ।’ तर काँग्रेसमा जित्नेले समेत गुट चलाइरहने परिपार्टी रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने थापाको भनाइ छ ।
उनले काँग्रेसको महाधिवेशन पर्व र महोत्सव जस्तो भएको पनि बताए । ‘मैले हाम्रो महाधिवेशनलाई अरु पार्टीको महाधिवेशनसँग तुलना गर्न खोजेको होइन । तर केही समयअघि चितवनमा नेकपा एमालेको महाधिवेशन हेर्यौँ । त्यो बेला महाधिवेशन प्रतिनिधिहरू नेता बसेको होटलबाट कतिबेला कसको नाम आउला भनेर कुरेर बस्नुपरेको थियो’, थापाले भने, ‘हाम्रो चाहिं हामी उम्मेदवारहरू मतदाता अगाडि आएर हात जोडेर मत मागिरहेका छौ । हामी तल छौ मतदाता माथि हुनुहुन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।