बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

एमालेले तोक्यो सात प्रदेश अध्यक्ष, को–को परे ओलीको प्रस्तावमा ?


  • आइतबार, मंसिर २६ २०७८
9.2K
SHARES

फाइल तस्विर

नेकपा एमालेले सातवटै प्रदेश अध्यक्ष तोकेको  छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षका लागि अध्यक्ष केपी शर्मा ओलीले सात जनाको नाम पढेर प्रस्ताव गरेका थिए ।  ती नामबारे छलफलपछि पारित भएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशव राज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी छन् । त्यस्तै उपत्यका विशेषमा प्रेम पराजुली रहेका छन् ।

यसअघि ओलीले केन्द्रीय कमिटीमा मनोनित गर्ने ४४ जनाको नाम प्रस्ताव गरेका थिए । केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरो र प्रदेश अध्यक्षहरूको नाम ओली एक्लैले प्रस्ताव गरेको भन्दै बैठकमा नेताहरुले आलोचना गरेका थिए । यसरी आलोचना गर्नेहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायत रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा