शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मोनोरेल, तीनकुने पार्क र मेगाहल बनाउन सकेनौं : मेयर शाक्य


  • आइतबार, मंसिर २६ २०७८
11.4K
SHARES

फाइल तस्विर

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संघीय सरकारको  कारण ठूला पूर्वाधार बनाउन नसकेको बताएका छन् । मेयर शाक्यले चक्रपथको विस्तार नसकिएका कारण मोनोरल बनाउन नसकिएको बताएका छन् ।

२७औं काठमाडौं महानगर दिवसको अवसर पारेर गरिएको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार काम गर्न खोजेपनि मोनोरेल चलाउन महानगर एक्लेले चाहे नसक्ने अवस्था देखिएको बताए ।

‘काठमाडौंमा बढेको ट्राफिकको समस्याअनुसार यहाँ वैकल्पिक ठूला क्षमताका सार्वजनिक यातायातमा जानैपर्छ,’ उनले भने,’ चक्रपथ विस्तार नसकिँदा मोनोरेलको काम पनि अघि बढाउन सकेनौं । अहिले मेट्रोमा जानुपर्ने कुरा पनि छ, भविष्यमा यसबारे थप अध्ययन हुँदै जाला ।’

त्यसैगरी तीनकुनेको बुद्धपार्क निर्माण गर्ने कुरा पनि सरकारले मुआब्जाको विवाद मिलाउन नसक्दा समस्या भएको उनको स्पष्टीकरण छ ।

‘संघीय सरकारबाट अनुमति नपाउँदा भृकुटी मण्डपमा निर्माण गर्ने मेगाहल निर्माणको काम पनि हामीले अघि बढाउन सकेका छैनौं,’ उनले भने ।

महानगरपालिका प्रशासकीय भवन निर्माण सुरु भएको भन्दै बागदरबार लगायतका केही सम्पदा पुर्ननिर्माणका विषयमा मुद्दा परेका कारण ढिलाइ भएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा