प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफू सभापति चुनिएमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका हुन्।
‘तपाईहरुले देख्नुभयो, ओलीको सरकार हुँदा कस्तो हालत थियो, अहिले कति हलुका भएको छ। त्यसैले अहिलेको बेला यो कांग्रेस पार्टी जित्नु जरूरी छ। कांग्रेस पार्टी जितेको खण्डमा मात्रै अगाडि बढ्न सक्छ’, उनले अगाडि भने, ‘त्यसका लागि यो महाधिवेशन अत्यधिक महत्वपूर्ण छ। यो महाधिवेशनमा मैले पनि उम्मेदवारी दिएको तपाईँहरूलाई थाहा नै छ। अत्यधिक बहुमतले मलाई जिताउनुभयो भने अवश्य नै म सम्पूर्ण मागहरु पूरा गर्नेछु।’
प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने आवश्यकता रहेको उनले बताए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।