बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

केपी ओलीद्वारा दुर्गा प्रसाईलाई एमालेको केन्द्रीय सदस्य बनाउन प्रस्ताव


  • आइतबार, मंसिर २६ २०७८
11.8K
SHARES

फाइल तस्विर

व्यवसायी दुर्गा प्रसाईलाई नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनीत गर्ने भएको छ।

भक्तपुरमा जारी एमालेको स्थायी कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी प्रसाईलाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका हुन्।

यद्यपी बैठकमा सचिव योगेश भट्टराईले यसको विरोध गरिरहेका छन्।

झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक समेत रहेका प्रसाईं एमालेको विधान महाधिवेशनबाट पार्टीमा सक्रिय देखिएका थिए।

त्यसपछि उनी एमालेको महाधिवेशनमा झापाबाट महाधिवेशन प्रतिनिधिको रूपमा सहभागी भएका थिए।

प्रसाईं त्यसभन्दा पहिले नेकपा माओवादी केन्द्रमा थिए। उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट थिए।

प्रसाईं २०५८ सालमा तत्कालीन विद्रोही माओवादीमा प्रवेश गरेका थिए। शान्ति स्थापनापछि उनी प्रचण्डनिकट भएर माओवादीमा थिए।

तर, पछिल्लो समय प्रचण्डसँग असन्तुष्टि व्यक्त गर्दै प्रसाईं एमालेमा पुगेका हुन्। ओलीलाई प्रसाईं ‘हजुरबुवा’ भन्छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा