शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माओवादी चुनावमा कोल्याप्सको स्थितिमा, प्रचण्डको पहिलो दल बन्ने सपना सपनामै तुहिने !


  • आइतबार, मंसिर २६ २०७८
12.6K
SHARES

फाईल तस्बिर

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हरेक सभा सम्मेलनमा दिनै जसो आगामी चुनावमा माओवादी पार्टी पहिलो दल बन्छ भन्ने गर्छन  । तर यथार्थ थोरै हैन थेरै फरक छ । दश बर्से जनयुद्धबाट उदाएको माओवादीको अहिलेको अवस्था ओरालो लाग्दो छ । जति नै प्रयत्न गरे पनि पहिलो दल बनेर राजनीतिमा उदाउन प्रचण्डलाई फलामका चिउरा चपाउनु जतिकै देखिने जानकारहरू बताउने गर्छन् ।

पहिलो संविधान सभा चुनावमा युद्धको राप ताप र जनताको आसले पहिलो राजनीतिक शक्ति बनेको प्रचण्ड नेतृत्वको दल माओवादी अहिले खस्किएको छ । सँगै युद्धको नेतृत्व गर्ने प्रचण्डका सहयोद्धाहरू अहिले तितरबितर छन् ।

प्रचण्ड संग बाबुराम छैनन् । बादल छैनन् । वैद्य छैनन् अन्य धेरै युद्धका सारथिहरू प्रचण्ड सँग छैनन् । कोही निस्किृय छन भने अधिकांश जनयुद्ध लडेका वरिष्ठ नेताहरू अलग अलग पार्टीमा छन् ।

अहिलेको परिवर्तनमा प्रचण्डको भूमिका स्मरणीय हुँदा हुँदै पनि प्रचण्ड नेतृत्वको पार्टीको पोजिसन कमजोर देखिन्छ । आगामी चुनाव सम्ममा एक्लै एकीकृत माओवादी मात्रै लड्ने हो भने अहिलेको भन्दा कमजोर भएर पार्टी नै कोल्याप्स हुने अवस्था आउने विश्लेषकहरू बताउने गर्छन् ।

दश बर्से युद्दका साथिहरु  प्रचण्ड सँग नहुनु र पार्टीमा पनि प्रचण्डको कार्यशैली सत्तामुखि मात्र भएजस्तो देखिनुले पनि प्रचण्ड कमजोर भएको विश्लेषकहरुको बुझाई छ ।

गणतन्त्र ल्याउनमा र अहिलेको परिवर्तनमा माओवादी पार्टीको सबैभन्दा धेरै भूमिका रहे पनि पार्टी नै कोल्याप्स हुने खतरा तिर जानुमा स्वयम प्रचण्डको सत्तामुखि ब्यबहार नै कमजोरी रहेको नेता कार्यकर्ताको बुझाई सुरु भएको छ ।

सबै सहकर्मीलाई आफूसँगै राख्न नसक्नु प्रचण्डको अर्को कमजोरी पक्ष हो । त्यस्तै पार्टी नेतृत्वमा आफ्नू विकल्प कहिल्यै नदेख्नु समेत प्रचण्डको अहङ्कारी पन भएर सहयोद्धाहरू पार्टीबाट अलग भएको बुझाई विश्लेषकहरूको पाइन्छ ।

आगामी चुनावमा यदि गठबन्धन टुट्ने र प्रचण्ड नेतृत्वको पार्टी एक्लै मैदानमा लड्ने हो भने पहिलो पार्टी बन्ने सम्भावना ज्यादै न्यून देखिन्छ ।

एकताका एमाले अध्यक्ष केपी ओली सँग सहकार्य र पार्टी एकता गरेर मुलुककै सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी बनाएर प्रचण्ड उदाउन खोजेका थिए तर त्यहा पनि प्रचण्डको पद र सत्तावादी चरित्रकै कारण एकता भङ्ग भएको जनकारहरू बताउँछन् ।

एकता भङ्ग हुदा माधव नेपाल समेत एमाले बाट अलग भएर पार्टी छुट्टै खोले । प्रचण्डको रणनीतिक चाल तत्कालीन नेकपा फुट्दा माधव नेपाल सहितका एमाले नेताहरू आफ्नो पार्टीमा आउने र एमालेलाई कमजोर बताएर पुन माओवादीमा एमाले नेताहरूको गठ जोडमा आफू शक्तिशाली बन्ने चाहा हुन सक्थ्यो । तर त्यो सम्भावना रहेन एमाले त फुट्यो तर एमालेका नेताहरू प्रचण्ड सँग आएनन् ।

यसले एमाले सामान्य कमजोर बन्यो तर आओ वादी झनै कमजोर अवस्थामा आयो । यसले गर्दा आगामी चुनावमा पनि एक्लै लड्नु पर्ने अवस्था आए प्रचण्डको अस्तित्वमाथि प्रश्न खडा हुने अवस्था नआउला भन्न सकिदैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा