नेपाली काँग्रेसका नेता गगन थापाको अवसर बादी चरित्र देखिएको छ । काम भन्दा भाषण र सामाजिक सञ्जाल देखि अनलाइन मिडिया सम्म युवाहरूलाई आकर्षित गर्ने पपुलर कुरा गर्न चतुर नेता गगन आफ्नू पद लोलुप अवसर बादी चरित्र आसन्न महाधिवेशनमा समेत देखाएको नेता कार्यकर्ताहरूको बुझाइृ छ ।
काठमाडौँ क्षेत्र नम्बर ४ का संसद् समेत रहेका थापा काठमाडौँ आशन्न काँग्रेस महाधिवेशनका सभापतिका दाबेदार नेता प्रकाशमान सँग मिलेर आफ्ना मान्छे सङ्गठनमा सेटल गरेका थापा एकाएक केन्द्रमा महामन्त्रीको उम्मेदवारको रूपमा नेता शेखर कोइराला सँग जोडिन पुगेका छन् ।
सभापतिका आकाङ्क्षी शेखर कोइराला र प्रकाशमान सिंह दुवै लड्ने भएपछि गगन एकाएक शेखरको सरण पुगेका हुन । आफू कुनै पनि हालतमा महामन्त्री जित्ने बताउँदै आएका सिंह शेखर कोइरालाको टिममा गए सँगै अवसर बादी चरित्र थापामा रहेको काँग्रेस निकट स्रोतको दाबी छ ।
नेता थापाले महामन्त्री पद प्राप्त गर्नकै लागि काँग्रेस नेता कृष्ण सिटौला समूहबाट अलग भएर काठमाण्डौमा तत्कालीन पौडेल समूह अन्तरगत प्रकाशमान सँग जोडिन पुगेका थिए । तर अहिले प्रकाशमानलाई धोका दिएर आफ्नो चरित्र राम्रै सँग देखाएका छन् ।
अवसरकै लागि सिटौलालाई लात मारेर नेता सिंह सँग जोडिन पुगेका गगन अब सिंह सँग टाढिएर शेखर कोइरालाको टिमबाट महामन्त्री लड्ने तय गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।