शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रकाशमानको टिमबाट विश्वप्रकाश महामन्त्री


  • शनिबार, मंसिर २५ २०७८
10.4K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका सभापतिका उम्मेदवारमा दर्ता गराएका प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी पदमा दर्ता गराउने भएका छन्।

उनी उम्मेदवारी दर्ता गर्न जाँदैछन्। यसअघि सभापतिमा प्रकाशमान र सुजाता कोइरालाले उपसभापति उम्मेदवारी दर्ता गराइसकेका छन्।

यसअघि गगन थापा र शर्माले एउटै टिमबाट महामन्त्री उठ्ने भने पनि उनी शेखरको टिममा परेनन्।

पार्टी सभापति शेरबहादुर देउवानिकट रहेका शर्मा देउवाको प्यानलबाट महामन्त्री नपाउने भएपछि नयाँ टिम बनाएर महामन्त्री उठ्न लागेका थिए।

केन्द्रीय सदस्य शेखर कोइरालालाई सभापतिमा उठाएर उनकै टिमबाट महामन्त्रीमा उठ्ने शर्माको तयारी थियो।

तर शेखरले गगन थापा र मिनेन्द्र रिजाललाई महामन्त्री बनाउने भएपछि उनी त्यस टिममा अटाएनन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा