शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

यस्तो बन्यो टीम शेखर, महामन्त्रीमा गगन र मिनेन्द्र


  • शनिबार, मंसिर २५ २०७८
13.3K
SHARES

फाइल तस्विर

काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको दाबेदार रहेका शेखर कोइरालाको टीम तयार भएको छ । उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका हुन् ।

महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको टुङ्गो लागेको छ । यता सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरीको नाम फाइनल भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा