शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कांग्रेसका पाँच कमजोरी औँल्याउँदै सभापतिको दौडबाट बाहिरिए पौडेल


  • शनिबार, मंसिर २५ २०७८
8.7K
SHARES

रामचन्द्र पौडेल । तस्विरः फाइल

सभापतिको दौडबाट पछि हटेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्र कमजोरीहरु औँल्याउँदै औपचारिक रुपमा सक्रिय राजनीतिबाट बिदा मागेका छन् ।

आफ्नै समूहभित्रका प्रत्यासीहरुलाई मिलाउन नसकेपछि आफू सभापतिको दौडबाट बाहिरिएका पौडेलले राष्ट्रिय राजनीतिमा आफ्नो  भूमिका रहने बताउँदै पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध संघर्ष गरिरहने प्रतिबद्धता जनाए ।

जारी गरेको विज्ञप्तिमा कांग्रेसका गल्तीलाई यसरी औँल्याएका छन् ।

१. मैले बुझ्दै आएको कांग्रेसमा विचलन आएको छ ।

२. पार्टी सत्ताको भर्‍याङमा सीमित भयो ।

३. संस्थापक नेताहरुको आदर्श र मूल्यलाई निरर्थक बनाइयो ।

४. संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ ।

५. १४औँ महाधिवेशनसम्म आइपुग्दा अनेक प्रपञ्च भोगेको छु ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा