शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

निकट स्रोत भन्छ : भोलि ठिक १० बजे प्रकाशमानको टिम सहित सभापतिको उम्मेदवारी दर्ता हुन्छ !


  • शुक्रबार, मंसिर २४ २०७८
7.8K
SHARES

तस्विरः फाइल

नेपाली काँग्रेस संस्थापन इतर समूहबाट साझा उम्मेदवारको रूपमा पूर्व महामन्त्री प्रकाशमान सिंहको आसन्न महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता हुने निकट स्रोतले जनाएको छ ।

अझै साझा उम्मेद्वार पौडेल समूहले आधिकारिक रूपमा घोषणा नगरे पनि प्रकाशमान नै साझा उम्मेदवार हुने स्रोत बताउँछ । शेखर कोइराला लाई पदाधिकारीमा समेट्ने र रामचन्द्र पौडेललाई अभिभावक मानेर सभापतिको प्रतिस्पर्धामा होमिने रणनीति बुझिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला पनि सभापतिको दाबी गरिरहेको अवस्था अझै छ । तर प्रकाशमानले गएको महाधिवेशनमा पौडेल र शशाङ्क कोइरालालाई समर्थन गरिसकेको अवस्थामा अहिलेको अधिवेशनमा नेचुरल रूपमै आफ्नो दाबी रहेको र आफुलई अन्याय नहुने बताउँदै आएका छन् । भोलि सोही अनुरूप भोलि सभापतिमा आफ्नू टिमसहित उम्मेदवार दर्ता गर्ने स्रोतको दाबी छ ।

रामचन्द्र पौडेलको समर्थनमै नेताहरू शशाङ्क कोइराला, सुजाता कोइराला, बलबहादुर केसी, मिनेन्द्र रिजाल, महेश आचार्य, अर्जुन नरसिंह केसी,रामसरण महत, गगन थापा , धनराज गुरुङ लगायत नेताहरूलाई न्यायोचित तरिकाबाट समेट्दै मैदानमा होमिने बुझिएको छ ।

कोइराला परिवार र पौडेल पनि सभापतिको उम्मेदवारी दर्ता गरे पनि प्रकाशमान ब्याक हुने अवस्थामा नरहेको बताएको छ । तर नेता प्रकाशमानलाई संस्थापन इतरबाट सर्वसम्मतिमै सभापतिको उम्मेदवार हुने स्रोत बताउँछ ।

नेता सिंह पौडेल समूहमा रामचन्द्र पौडेल पछि योगदान र पार्टीका विभिन्न तहमा काम गरेका हिसाबले सिनिएर लिडर मानिन्छन् । त्यसैले पनि प्रकाशमान सर्वसम्मत पौडेल समूहको सभापतिको उम्मेदवार हुने निकट स्रोतको दाबी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा