नेकपा एमालेका अध्यक्ष केपी ओलीले राप्रपा नबनिर्बाचित अध्यक्षलाई भर्खर भर्खर जन्मिएको बच्छो हिड्न जान्दैन कुद्छ भन्दै कटाक्ष गरेका छन् । नेपाली कांग्रेसको माहाधीवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन ।
राप्रपा नवनिर्बाचित अध्यक्ष राजेन्द्र लिङदेनले ओली भन्दा अगाडि सम्बोधन गर्दै राजसंस्थानै अबको आबस्यकता रहेको बताएका थिए । त्यसैको प्रतिउत्तर स्वरुप ओलीले कटाक्ष गरेका हुन ।
काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए । देश बनाउन विषयमा कांग्रेससँग एमाले रहेको उनको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।