शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

एकसाथ यतिका पूर्व प्रधानमन्त्री एउटै मञ्चमा पहिलो पटक देखेँ : भाजपाका नेता हर्षवर्धन


  • शुक्रबार, मंसिर २४ २०७८
7.5K
SHARES

फाइल तस्विर

भारतीय जनता पार्टीका नेता एवं पूर्व मन्त्री डा. हर्षवर्धनले नेपालमा पहिलो पटक यतिका पूर्व प्रधानमन्त्रीलाई एकसाथ एउटै मञ्चमा देख्न पाएको बताए । उनले यस्तो भारतमा पनि देख्न नपाएको धारणा उनले राखेका हुन् ।

काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले एउटा पार्टीको महाधिवेशनमा देशका सबै पार्टीका नेता उपस्थित हुनु पनि आफ्नो लागि नौलो रहेको बताउँदै विश्वमा यस्तो कतै पनि नदेखिएको बताए । केही दिन पहिले एमालेको महाधिवेशनमा देशका प्रधानमन्त्री शेरबहादुर देउवा आफै उपस्थिति भएको कुरालाई उल्लेख गर्दै उनले नेपाली राजनीतिक दललाई बधाई दिए ।

नेपाल–भारतको सम्बन्धबारे कुरा राख्दै उनले सन् २०१५ मा नेपालमा भूकम्प आउँदा भारतीय जनतालाई पनि पीडा भएको जिकिर गरे । त्यस्तै कोभिडमा पनि भारतले नेपालीका लागि औषधीको व्यवस्था गरेको स्मरण गरे । ‘कोभिड भारतमा पनि थियो तर नेपाल–भारतको सम्बन्ध यस्तो छ, त्यसका आधारमा भारतले नेपाललाई सहयोग गरेको थियो,’ उनले  भने । त्यो बीचमा भारतका प्रधानमन्त्री मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबीच दुईपटक भेट भएको धारणा राखेका थिए


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा