बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

बोहराटार बैठक निष्कर्षविहीन, आज बेलुका पुनः छलफल गर्ने


  • शुक्रबार, मंसिर २४ २०७८
6.9K
SHARES

रामचन्द्र पौडेल । तस्विरः फाइल

सभापतिको साझा उम्मेदवार टुङ्ग्याउन भन्दै नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक पुन आज साँझ बस्ने भएको छ।

शुक्रबार महाधिवेशन उद्घाटन कार्यक्रम सुरू हुनु केही समय अगाडि वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भएको छलफलमा साझा उम्मेदवार तय गर्न नसकेपछि बैठक पुनः बस्ने भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए।

पौडेलनिवास बोहराटारमा साझा उम्मेदवारका लागि नेताहरू मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य, अर्जुननरसिंह केसी, गगन थापालगायत नेताले पहल गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा