बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

काँग्रेस नेतृत्व तहमा पुग्न किन आवश्यक छन् नेता रामहरि खतिवडा ?

जनताका समस्यामा दिन रात नभनी खट्ने रामहरिको विशिष्ट क्षमता !


  • शुक्रबार, मंसिर २४ २०७८
11.1K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडा आसन्न काँग्रेस पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यको आकाङ्क्षी छन् ।

जोसिलो भाषण स्पष्ट कुरा र जनताको समस्यामा दिन रात नभनी खट्ने ओखलढुङ्गा जिल्लामा जन्मिएका खतिवडा काँग्रेसमा सम्भावना भएका नेता मध्यका एक हुन् ।

काँग्रेसमा कृष्ण प्रसाद भट्टराईको गहिरो छाप भएका नेता मध्य मानिन्छन् रामहरि । रामहरि लाई कृष्ण प्रसाद भट्टराईले खुब मन पराउँथे मन पराउनका पछाडि उनका मन पराउने गुणहरू प्रशस्त थियो भन्छन् जानकारहरू ।

किन आवश्यक छन् रामही काँग्रेस नेतृत्व तहमा ?

स्पष्ट बिचार सिहीतको भाषण शैली उनको पहिचान हो । आम जनताका समस्यामा दिन रात नभनी खट्ने उनको विशिष्ट क्षमता हो ।

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गरेका छन् नेता रामहरिले । युवा माझ त लोकप्रिय छन नै उनी सिनियर पुस्तामा पनि उनको कार्यशैली निकै प्रशंसनीय छ ।

कांग्रेसमा नेतृत्व तहमा युवाको आवश्यकता महसुस गरिएको बेला रामहरि एउटा कुशल लिडर भएका कारण काग्रेसमा उनको आवश्यकता छ भन्छन् उनी निकटहरू । काँग्रेसमा रामहरि जस्तो प्रस्ट जनताको भावना बोल्ने नेताको आवश्यक रहेको एक कार्यकर्ता बत्ताउँछन् ।

रामहरि केन्द्रीय सदस्य मात्रै हैन पदाधिकारीमै समेटीनु पर्ने मान्छे रहेको बताउँछन् उनी निकटहरू । उनको लोकप्रियताको र जनताको समस्या जस्ताको तस्तै कडा रूपमा उठाएर संसद् देखि सरकार सम्मलाई हल्लाउने रामहरिको शैलीकै कारण बिचमा उनलाई नचाहिने चोरीको आरोप समेत लगाउन भ्याएका थिए । उनी निकट भन्छन् तर नेता रामहरिले त्यस्ता स्वार्थ बोकेर जनताको आवाज बन्द गर्न खोज्नेहरूको मुखमा बुझो लगाउँदै काँग्रेसमा उदयमान छवि बनाउन सफल भएको बताउँछन् ।

स्पष्ट निती सहित ऊर्जावान् गतिवान् नेतृत्वका लागि रामहरि अहिलेको महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनु पर्ने नेता मध्यका एक होनहार नेता हुन । रामहरिको अर्को गुण भाषण अनुसारको कार्यशैली हो । भाषण अनुसार आफुले बोलेका कुरा हुबहु उतार्ने क्षमता भएका नेता काँग्रेसमा बिरलै छन् ।

रामहरि बोलेका कुरा जनता सम्म पुर्याउने नेता हुन । आसन्न महाधिवेशनमा केन्द्रीय सदस्य चुनिएर देश र जनता प्रति अझै ससक्त भएर लाग्ने उनको चाहा रहेको बुझिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा