शनिबार, साउन ३० २०८३
ताजा अपडेट

शेरबहादुरले रामचन्द्रलाई सर्वसम्मत सभापति प्रस्ताव गरे मान्छु : निधि


  • शुक्रबार, मंसिर २४ २०७८
10.4K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाले नै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूलाई पनि स्वीकार्य हुने बताएका छन् । अन्यथा सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने उनले बताएका छन् ।

चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा निधिले १३औं महाधिवेशनमा सभापति लडेका तीन नेताले पार्टी सभापतिमा फेरि दाबी नगर्नु राम्रो हुने बताए । त्यस्तो अवस्थामा सभापतिका चार दावेदारबीच सहमति खोज्ने र नभए निर्वाचनमा जाने उनले बताए ।

निधिले अघि भने, ‘होइन शेरबहादुरजीले सर्वसम्मत सभापतिमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्नुहुन्छ भने मान्न सकिन्छ ।’ अन्यथा आफू पनि सभापतिमा उम्मेदवार बन्ने र पदाधिकारीको टिम नै बनाएर प्रतिस्पर्धा गर्ने उनले बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा