अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापा अध्यक्ष निर्वाचित भएका हुन् ।
फोर्स मोटरको नेपालमा आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १४ सय १३ मत पाउँदा सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १३ सय ४७ मत पाए । कार्यसमिति सदस्यमा भने चौधरी प्यानलका धेरै छन् ।
३ हजार २ सय १६ मतदातामध्ये निर्वाचनमा २७ सय ८८ मत खसेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।