बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस: सिटौला


  • बिहिबार, मंसिर २३ २०७८
13.8K
SHARES

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जहाँ रह्यो त्यहीँ कांग्रेस रहने बताएका छन्।

यो कुरा आफूले अहंकार गर्दै नभनेको उनको दाबी थियो।

काठमाडौंमा आज आयोजित आफूनिकट नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस। मैले अहंकार गरेको होइन, म जहाँ रहन्छु त्यहीबाट कांग्रेसको सम्पूर्ण एकता प्रारम्भ हुन्छ।’

सिटौलाले आफ्ना तर्फबाट युवाहरूको नेतृत्व गर्ने जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिएको पनि बताए। उनले युवालाई अगाडि बढेको आफूले देख्न चाहेको बताएका थिए।

आफूले यो महाधिवेशनमा के गर्ने भन्नेबारे उम्मेदवारी दर्ता गर्ने दिन मात्रै भन्ने सिटौलाले बताए। सिटौला सभापति पदमा उठ्ने तयारी गर्दैछन्।

आफूसँग रहेका नेतालाई स्थापित गर्ने आफ्नो तयारी रहेको उनले बताएका थिए।

उक्त भेलामा बोल्दै प्रदेश १ कांग्रेसका सभापति उद्धव थापाले यो समूह बाँच्ने गरी निर्णय गर्न सिटौलालाई आग्रह गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा