शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कोभिड-१९ विरुद्धको बूस्टर डोज ओमिक्रोनविरुद्ध पनि प्रभावकारी


  • बिहिबार, मंसिर २३ २०७८
20.6K
SHARES

फाइल तस्विर

फाइजर र बायोटेक कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपको बूस्टर डोजले ओमिक्रोन भेरियन्टविरुद्ध काम गर्ने बताएका छन् ।

सुरुका दुई डोज उल्लेखनीय रूपमा कम प्रभावकारी देखिए पनि बुस्टर डोजले ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने बताएका हुन् ।

अन्य भेरियन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधात्मक क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले एउटा सानो अध्ययनपछि जनाएको छ । नयाँ भेरियन्टको संक्रमणबाट जोगाउन दुई डोज पर्याप्त नहुन सक्ने कम्पनीले बताएको छ ।

कम्पनीले ३९ वटा नमुना परीक्षण गरेको थियो । अनिश्चितताको अवस्थामा यो खोजले आशाको सञ्चार गरेको छ । फाइजरले यस बारेमा वैज्ञानिक समीक्षा भइरहेको जनाएको छ ।

यसअघि विश्व स्वास्थ्य संगठनले कोभिड-१९ विरुद्धका खोपहरू नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको जनाएको थियो ।

विश्वभरका अध्ययनकर्ताहरूले ओमिक्रोनबारेका तथ्याङ्कलाई नजिकबाट नियालिरहेका छन् । वैज्ञानिकहरूले ओमिक्रोन भेरियन्ट वास्तवमै कति खतरनाक छ भनी अहिलेसम्म निर्क्योल गरिसकेका छैनन् । यद्यपी, कोभिड-१९ विरुद्धको तेस्रो डोज लगाएपछि विकास हुने एन्टिबडि संक्रमणविरुद्ध जुध्न पर्याप्त हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।

ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट हो । अहिले विश्वका अधिकांश कोभिड–१९ को संक्रमणको लागि डेल्टा भेरियन्ट जिम्मेवार छ । एजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा