एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ । रुघा खोकीका कारण अस्वस्थ भएका छन् । बुधबारदेखि अध्यक्ष ओलीलाई सामान्य रुघा खोकीसहित ज्वरो आएको उनको नीजि सचिवालयले जनाएको छ ।
सचिवालयका रामशरण बजगाईंका अनुसार ओली अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् । स्वास्थ्यमा समस्या आएकै कारण ओलीले प्रेस चौतारीको कार्यक्रममा सहभागिता नजनाउने भएका छन् । सो कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागी हुँदैछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।