शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काँग्रेस सभापति बन्न म जेन्युइन तरिकाले लागेको छु, कुनै हालतमा पछि हट्दिन: प्रकाशमान सिंह


  • बिहिबार, मंसिर २३ २०७८
8.6K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवारीबाट आफू पछि नहट्ने बताएका छन्।

काठमाडौंको नयाँबानेश्वरस्थित छक्कुबक्कु पार्कमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै उनले भोलि सुरु हुने १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका हुन्।

संस्थापनइतरबाट आफू नै साझा उम्मेदवार हुने उनको दाबी छ । ‘सभापतिमा उठ्नका लागि म जेन्युइन तरिकाले लागेको छु,’ उनले भने, कुनै हालतमा पछि हट्दिनँ।’

मंगलबारदेखि निरन्तर छलफल जारी रहे पनि इतरसमूहका शीर्ष नेताहरुबीच सहमति हुन नसक्दा साझा उम्मेदवार तय हुन सकेको छैन ।

सो समूहबाट नेता सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला तथा शशांक कोइरालाले सभापतिमा दाबी गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा