शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पौडेल पक्षीय युवा नेता छलफलमा, सभापतिको साझा उम्मेदवार खडा गर्न हस्तक्षेपको तयारी


  • बिहिबार, मंसिर २३ २०७८
10.9K
SHARES

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय युवा नेताबीच छलफल सुरु भएको छ । विहीबार विहान ९ : ४५ बजेबाट बत्तीसपुतलीमा सभापति उम्मेदवार छनोटमा विकल्पसहितको दबाब सिर्जनाका लागि बैठक बसिरहेको नेता जीवन परियारले बताए ।

मंगलबारबाट घनिभूत छलफलमा रहेको पौडेल पक्षले सभापतिमा साझा उम्मेदवार तय गर्न सकेको छैन। मंगलबार सभापतिका दाबेदारसहित केन्द्रीय नेताहरुको छलफल भएको थियो भने बुधबार विहान पौडेल पक्षका केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापतिहरूको भेलाले पनि सभापतिमा साझा उम्मेदवार चयनका लागि दबाब दिएको थियो । तर बुधबार साझा सभापतिका दाबेदार नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाबीच भएको छलफलमा पनि साझा उम्मेदवार तय हुन सकेन ।

नेता पौडेल र महामन्त्री कोइराला सहमतिका लागि लचिलो देखिएपछि प्रकाशमान र शेखरले अड्डी खसेपछि साझा उम्मेदवार चयनमा अड्चन खडा भएको छ । उनीहरु दुबै जना आफू बाहेकका नाममा सहमति गरेर जान तयार नभएपनि पौडेल समूहमा सकस परेको छ ।

त्यसको गाँठो फुकाउने प्रयासका लागि अहिले युवा नेता छलफलमा जुटेको परियारको भनाइ छ । बत्तीसपुतलीको बैठक सकिएपछि सभापतिका दाबेदार नेताहरुसहितको छलफल बस्ने उनको भनाइ छ । आज सहमति नभए आफू हस्तक्षेप गर्न बाध्य हुने पनि युवा नेताको चेतावनी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा