बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

कांग्रेस संस्थापनइतर समूहको केन्द्रीय सदस्यहरूको बैठक जारी


  • बिहिबार, मंसिर २३ २०७८
9.3K
SHARES

फाइल तस्विर

सभापतिको उम्मेदवार चयनको विषयमा छलफल गर्न नेपाली कांग्रेसको संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरु आफ्नो समूहबाट छलफलमा जुटेका छन् । संस्थापनइतर केन्द्रीय सदस्यहरुको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ ।

संस्थापनइतर पक्षले उम्मेदवार चयनको विषयमा केही दिनयता लगातार छलफल गर्दै आए पनि साझा उम्मेदवार छनोट गर्न सकेको छैन । सभापति पदमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइरालाले दाबी छाडेका छैनन् ।

केन्द्रीय सदस्यहरुको आजको बैठकले उम्मेदवारको विकल्प सुझाउने नेताहरुले बताएका छन् । केन्द्रीय सदस्यहरुको छलफलपछि सभापति पदका आकांक्षीहरुसँग संयुक्त छलफल गर्ने तयारी छ ।

कांग्रेसको १४ औं महाधिवेशन २४ मंसिरदेखि सुरु हुँदैछ । संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा नै सभापति पदको उम्मेदवार बन्ने टुंगो लागेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा