नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा संस्थापन इतर समूह बाट पूर्व महामन्त्री तथा गणेशमान पुत्र प्रकाशमान सिंह सभापतिको उम्मेदवार बन्ने सहमतिको नजिक पौडेल समूह पुगेको निकट स्रोतको दाबी छ । आधिकारिक जानकारी सार्वजनिक नगरे पनि सभापतिमा नेता सिंह साझा उम्मेदवार बन्ने देखिएको छ ।
सिंहको नामबारे औपचारिक घोषणा हुन भने बाँकी छ । विश्वस्त स्रोतका अनुसार सिंहको नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत भएका छन् । महामन्त्री डा। शशाङ्क कोइराला ब्याक भइसकेका छन् । उनले पनि साझा नाममा आफ्नो समर्थन हुने बताएको बुझिएको छ ।
सभापतिका अर्का दाबेदार केन्द्रीय सदस्य डा। शेखर कोइराला पनि लचिलो भएको बुझिएको छ । कोइराला परिवारभित्र सिंहसँग पावर सेयरिङ गरेर बढ्ने विषयमा एक खालको सहमति बनेको विश्वस्त स्रोतले बताएको छ ।
पूर्व महामन्त्री प्रकाशमान सिंह लामो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् । तल्ले तह देखी माथिल्लो तह सम्म रहेर पार्टीमा लामो अनुभव भएका सिंह सभापतिको उम्मेदवार बनाउँदा संस्थापन पक्षका उम्मेदवार सभापति शेरबहादुर देउवालाई भारी पर्न सक्के आङ्कलन सुरु भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।