बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

२ महामन्त्रीमा १२ जनाको दावेदारी, कसले मार्ला बाजी ?


  • बुधबार, मंसिर २२ २०७८
6.8K
SHARES

फाइल तस्विर

काँग्रेसको १४ महाधिवेशन मिति सन्निकटमा पुग्दा पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।

दुई दिनपछि मंसिर २४ गते उद्घाटन हुने काँग्रेस महाधिवेशनले ५ वर्षका लागि केन्द्रीय नेतृत्व छान्ने हुँदा आकांक्षीहरूले धमाधम दावेदारी घोषणा गर्न थालेका हुन् । झण्डै ४५ सय महाधिवेशन प्रतिनिधिहरु छानेको काँग्रेसले एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १६५ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित गर्दैछ ।

तीन समूहमा विभाजित काँग्रेस शेरबहादुर देउवा समुह, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र कृष्ण सिटौला समूहमा विभाजित छ । यो पटक विगतमा देउवासँगै रहेका विमलेन्द्र निधि पनि सभापति दावी गरेर चुनावी प्रचारप्रसारमा जुटेका छन् । यद्यपी कुनैपनि समुहले आफ्नो प्यानल भने बनाइसकेका छैनन् ।

प्यानल बनाउने र उम्मेदवार घटाउने कसरतमा जुटेका काँग्रेस नेताहरुको दौडधूप जारी रहेकै बेला काँग्रेसको केन्द्रीय पदाधिकारीमध्ये सभापति र उपसभापति पछिको शक्तिशाली मानिने महामन्त्री पदमा रोचक भीडन्त हुने देखिएको छ । ​


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा