भारतीय *पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर बुधबार दुर्घटनामा परेको छ।
टाइम्स अफ इन्डियाका अनुसार रावत, उनका परिवारका सदस्यहरू र केही उच्च सैनिक अधिकारी चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिलनाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो।
रावत यसअघि भारतीय सेनाका प्रमुख थिए। उनीपछि मनोजमुकुन्द नरवाणे सेना प्रमुख भएका छन्। रावत अहिले चिफ अफ डिफेन्स स्टाफ थिए। यो पद केही महिना अघिमात्रै सिर्जना गरिएको हो। पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा रावतले २०२० जनवरीदेखि काम थालेका थिए।
रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टर भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ।
इन्डिया टुडेले अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर छ। हेलिकप्टरमा १४ जना सवार रहेको बताइएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।