बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित


  • बुधबार, मंसिर २२ २०७८
10.8K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह पार्टी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।

सिंहको २४८ मत मात्रै आएको थियो।

सिंह पक्षका नेता तथा कार्यकर्ताहरू क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। यहाँ सभापति शेरबहादुर देउवानिकट नेता तथा कार्यकर्ताले अधिवेशन जितेका छन्।

सिंह केन्द्रीय सदस्य शेखर कोइरालानिकट छन्। सर्लाहीमा क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको आरोप थियो।

क्रियाशील सदस्यताकै विवादले यहाँ पटकपटक कार्यकर्ताबीच झडप र प्रहरीले हवाइफायरसमेत गर्नुपरेको थियो।

सर्लाहीका प्रतिनिधि सभा क्षेत्रमा अझै अधिवेशन सकिएको छैन। कतै आज चुनाव र कतै मतगणना बाँकी नै छन्।

सर्लाही कांग्रेस सभापति नागेन्द्रकुमार रायले क्षेत्र नम्बर ३ मा उम्मेदवारी फिर्ता लिने समय आज रहेको बताए। क्षेत्र नम्बर १ मा भने मतगणना जारी रहेको र क्षेत्र नम्बर २ मा आज बिहान ९ बजेदेखि मतदान सुरू हुने उनले बताए।

क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिमा अमरेशकुमार सिंह पराजित भएको उनले बताए। यो क्षेत्रमा रामआश्रयप्रसाद साह क्षेत्रीय सभापति भएका छन्, उनी सभापति देउवा पक्षका हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा