नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिको दाबी छोडेका छन् । मंगलबार दिउँसो प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको रामचन्द्र पौडेल पक्षीय नेताहरूको बैठकमा कोइराला सभापतिको दाबी छोडेका हुन् ।
पौडेलको आग्रहमा आफूले सभापतिको दाबी छोडेको कोइरालाको भनाइ छ । ‘मैले दाबी छोडेँ। रामचन्द्रजीले एक पटक छोडिदिनुस् मेरो लागि भन्नुभएको छ,’ सञ्चारकर्मीसँग कोइरालाले भने । तर अरू मिले पौडेलले पनि सभापतिको दाबी छाड्ने सङ्केत देखाएको महामन्त्री कोइरालाले बताए । ‘अरू मिले उहाँ (रामचन्द्र पौडेल)ले छोड्ने सङ्केत गर्नुभएको छ,’ उनले भने ।
शेखर कोइराला र प्रकाशमान सिंह भने सभापतिको दाबी छाड्ने पक्षमा नरहेको कोइरालाको भनाइ छ । ‘शेखर र प्रकाशमान छोड्ने पक्षमा देखिनुहुन्न,’ उनले भने । भोलि बिहान साझा उम्मेदवार तय गर्नुपर्ने कोइरालाको जोड छ । ‘हामीसँग छलफल गर्ने समय अब छैन। राति टुङ्गिन नसके भोलि बिहान त पक्कै सकिन्छ,’ उनले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।