बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

चाक्सीबारीमा पौडेल समूह : सभापतिको साझा उम्मेदवार को बन्ला ?


  • मंगलबार, मंसिर २१ २०७८
6.5K
SHARES

फाइल तस्विर

रामचन्द्र पौडेल समूहको केन्द्रीय समिति बैठक सुरु भएको छ । पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार दिउँसो साढे १ बजेबाट बैठक सुरु भएको हो ।

चाक्सीवारिमा पौडेल समूहको बैठक जारी छ ।  सभापतिको साझा उम्मेदवार को बन्ला भन्ने आम काँग्रेस कार्यकर्ताको चासोको विषय बनेको छ । पौडेल समूहमा वरिष्ठ नेता पौडेल पूर्व महामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिको दबी गरी रहेको अवस्थामा सभापतिको साझा उम्मेदवार छान्नु फलामको चिउरा चपाउनु जस्तै हुने पौडेल निकट स्रोतको दाबी छ ।

१४ औँ महाधिवेशनमा पौडेल समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न बैठक भइरहेको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा पनि सभापतिका आकांक्षीबीच छलफल भएको थियो । पौडेल समूहमा नेता पौडेल महामन्त्री शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापतिका दाबेदार छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा