शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै सचेत रहन विज्ञको आग्रह


  • मंगलबार, मंसिर २१ २०७८
8K
SHARES

फाइल तस्विर

नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै सचेत रहन विज्ञहरूले आग्रह गरेका छन् ।

पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतहनजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरूले सचेत गराएका हुन् ।

पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारुरुपमा हुन नसक्दा यसको सिधा असर जनस्वास्थ्यमा पर्ने भएको भन्दै विज्ञहरूले त्यसतर्फ तयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद‍्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनैतिक तयारी थाल्नुपर्ने बताए ।

उनले भारतमा हरेक वर्ष औसत चार वटा चक्रवातहरू आउने र त्यसको असर नेपालमा पनि पर्ने भएकोले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणवद्ध तयारी थाल्नुपर्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा