बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

पौडेल पक्षको बैठक बस्दै : देउवाको विकल्प दिने एजेण्डा


  • मंगलबार, मंसिर २१ २०७८
6K
SHARES

तस्विरः फाइल

कांग्रेसको महाधिवेशनका उद्घाटन हुन तीन दिनमात्र बाँकी रहँदा संस्थापन र पैडेल पक्ष टिम निर्माणमा जुटेका छन् । संस्थापनमा सभापति देउवा नै १४औं महाधिवेशनका लागि उमेदवार सुनिश्चित भए पनि बाँकी पदाधिकारीको विषय टुंगो लागेको छैन । त्यसैले संस्थापन प्रधानमन्त्री निवास बालुवाटार र आसपासका होटल तथा नेताका निवासमा टिमका विषयमा आआफ्नो लवी अनुसार छलफलमा जुटिरहेका छन् । तर, त्यहाँ टिमको टुंगो लागिसकेको छैन । संस्थापन पक्षका उपसभापति निधिले भने सभापतिमा छुट्टै उमेदवारी दिने तयारी गरेकाले उनी पनि टिम निर्माणमा जुटिरहेकै छन् ।

पौडेल पक्षमा भने सभापतिका आकांक्षीहरु नै चारजना कायम रहेकाले साझा उमेदवार चयन फलामे चिउरा बनिरहेको छ । सोमबार बोहोराटारस्थित रामचन्द्र पौडेल निवासमा सभापतिका चार आकांक्षीको बैठक बस्दा नेता शेखर कोइराला र प्रकाशमान सिंह टसको मस भएनन् । तर, उनीहरुबीच देउवासँग १६ सय मत इन्ट्याक्ट रहेको र सिटौलासमेत हुँदा १८ सय मत पुग्ने भन्दै आफ्नो पक्षबाट एकभन्दा बढी उमेदवार चयन भए जता पनि ढल्कन सक्ने प्रतिनिधिहरु देउवातिरै लाग्ने र सभापतिमा उनी नै निर्वाचित हुने कुरामा सहत देखिएका छन् ।

नेता पौडेलले देउवालाई निरन्तरता दिँदा कांग्रेसको शाखको निरन्तरता नहुने र पार्टी अन्यायको शिकार हुने बताएपछि नेताहरु साझा उमेदवार खोज्ने प्रयासमा सहमत भएका छन् । नेताहरुबीच साझा उमेदवार खोज्ने विषयमा समझदारी भए पनि आज दिउँसो चाक्सिबारीमा केन्द्रीय सदस्यहरु सहितको बैठक राखिएको छ ।

केन्द्रीय सदस्यहरुको राय अनुसार नेताहरु सहमत नभए पार्टीका निर्वाचित जिल्ला सभापतिहरु, पूर्वसभापतिहरु, क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधिहरुको भेला गराएर भेलाकै सुझावमा उमेदवार छान्ने कसरत भइरहेको छ । कांग्रेसका युवा नेताहरुले देउवाको विकल्पमा एकमात्र सभापति उमेदवार बनाउने भन्दै छलफल थालेका छन् । काठमडौंको अनुपम फूडल्याण्डमा भेला भएका युवा नेताहरुले सभापति देउवाको किवल्प नदिए कांग्रेसप्रति जनताको आसा टुट्दै जाने भन्दै विकल्प अनिवार्य भएकाले संस्थापनइतरबाट एकमात्र सभापतिको उमेदवार बन्नुपर्ने निस्कर्ष निकाल्दै आकांक्षीहरुलाई साझा उमेदवार छान्न दबाब दिन लागेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा